महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका–३२, स्थित कोटेश्वर शाखा कार्यालयको सोमबार औपचारिक उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेका थिए।
बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारको सभापतित्वमा भएको कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले कृतज्ञता ज्ञापन गरेका थिए।
उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता पनि गरे।
3
Shares

प्रतिक्रिया