राजनीति


नागरिकता विधेयकबारे संसदीय समितिका सभापति र सांसदबीच भनाभन

नागरिकता विधेयकबारे संसदीय समितिका सभापति र सांसदबीच भनाभन

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ९:४३,

संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सासदहरुबीच मत बाँझिदा शुक्रबार संसदीय समितिको बैठक केही समय प्रभावित बन्यो।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयार पारेको संसोधन विधेयक प्रतिवेदन अध्ययनका लागि समय पाउनुपर्ने धारणा राखेका थिए। तर सभापति शशि श्रेष्ठले वैबाहिक अंगिकृत नागरिकताको विषयमा संशोधन भएर आएको दफामा मात्रै छलफल गरी निर्णयमा पुग्न दबाब दिएपछि बैठकमा केहीबेर सांसद र सभापतिबीच भनाभनको स्थिति देखा पर्यो।

अधिकांश सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषय भएकाले हतारमा निर्णयमा पुग्न नहुने भन्दै एक दिन अध्ययनका लागि समय दिन माग गरेका थिए। सांसदहरु बृजेष कुमार गुप्ता, दिलेन्द्र प्रसाद बडू, कृष्ण गोपाल श्रेष्ठ, पम्फा भुसाल लगायतले अन्तिम प्रतिवेदन अध्ययनका लागि एक दिन समय दिनुपर्ने माग गरेका थिए। तर सभापति श्रेष्ठले भने विधेयकमाथि लामो छलफल भईसकेकाले अब पारित गरेर अघि बढ्नुपर्ने जिकिर गरिन्।

बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव सुवास भट्टराईले मातृत्व र पितृत्व ठेगान नलागेका सन्तानलाई प्रदान गरिने नागरिकताको व्यवस्था, लिंग परिर्वतन पछि नागरिकता उपलब्ध गराउने व्यवस्था तथा नेपाली नागरिकसँग विहे गरेर आउने विदेशी महिला र पुरुषलाई उपलब्ध गराईने अंगिकृत नागरिकताको सम्बन्धमा विधेयकमा गरिएको संशोधनहरु पढेर सुनाएका थिए।
बैवाहिक अंगिकृत नागरिकताको सवालमा समितिमा लामोसमय देखि छलफल हुँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad