ad ad

कारोबार


रुसमा तीन दिने ‘नेपाल मेला’ आयोजना

रुसमा तीन दिने ‘नेपाल मेला’ आयोजना

नेपालखबर
असार २, २०७६ सोमबार ६:२८,

रुसको मस्कोमा त्यहाँस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा दुई दिने नेपाल फेष्ट कार्यक्रम आयोजना गरिएको छ। ७ जुनदेखि ९ जुनसम्म रुसको राजधानी मस्कोमा नेपाल फेष्टिभल एण्ड कल्चर डे २०१९ को आयोजना गरिएको हो।

सो मेलामा नेपाली हस्तकलाका सामानदेखि खाद्य परिकारसम्मको प्रदर्शनी गरिएको नेपाली दूतावासले जनाएको छ।

masko fest 6

मेलामा पश्मिना, गरगहना, परम्परागत पोसाकलगायतका वस्तु प्रदर्शनीमा राखिएका थिए। सोही अवसरमा नेपाली कलाकार सुष्मा राजभण्डारी र आर्मेनियन पेन्टर प्राध्यापक फ्राइडोन अस्लानियनका चित्रकला पनि प्रदर्शन गरिएको थियो।

masko fest 6

मेलाको सुरुवात बुक शो, डकुमेन्ट्री फिल्म शोलगायतका कार्यक्रमबाट भएको थियो।

masko fest 6

मेला कार्यक्रममा रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, नेपाल उद्दाेग बाणिज्य महासंघका प्रतिनिधि सबिन श्रेष्ठ, गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष रामेश्वर गौतमलगायत रुसी सरकारी अधिकारीहरु पनि सहभागी थिए।

masko fest 6

यो कार्यक्रम दोस्रोपटक आयोजना गरिएको हो। कार्यक्रम आयोजना गरिएको स्थल सेन्टर अफ कल्चरल हाउस मस्कोको पर्यटकीय क्षेत्र भएको बताइएको छ।

masko fest 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .