ad ad

खेल


नेमारलाई बेच्ने पीएसजीको चाहना, अब कहाँ?

नेमारलाई बेच्ने पीएसजीको चाहना, अब कहाँ?

एजेन्सी
असार २, २०७६ सोमबार ६:१५,

पेरिस सेन्ट जर्मन(पीएसजी)ले कीर्तिमानी मुल्यमा भित्र्याएका ब्राजिलियन स्टार नेमारलाई बेच्ने चाहना व्यक्त गरेको छ।

नेमारलाई बार्सिलोनाबाट २२२ मिलियन यूरोमा अनुबन्ध गर्दै विश्वकै सबैभन्दा महँगो खेलाडी बनाएको पीएसजीले उनका लागि उपर्युक्त प्रस्ताव आए बेच्ने तयारी गरेको हो।

उपर्युक्त प्रस्ताव आएमा पीएसजीले नेमारलाई यसै सिजनमा बेच्ने तयारी थालेको छ। पीएसजीले बेच्ने भएपछि नेमारमाथि बार्सिलोना र रियल मड्रिडले इच्छा देखाएका छन्।

पीएसजीका अध्यक्ष नासिर अल खालिफीको अब आफू सेलिब्रेटी खेलाडीलाई नथुपार्ने भनाई बाहिर आएसँगै नेमारलाई बेच्न पीएसजी तयार भएको खबर बाहिर आएको हो।

पछिल्लो पटक नेमारको प्रदर्शन अपेक्षा अनुरुप हुन नसकेछि खालिफीले भनेका छन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। उनीहरुलाई यहाँ अझै राम्रो गरुन भनेर ल्याइएको हो। उनीहरुलाई मनोरञ्जनका लागि ल्याइएको हैन्।’

नेमारले २०१८–१९ को अधिकांश समय चोटका कारण मैदानबाहिर नै विताएका थिए। लिगका १७ खेल खेलेका नेमारले १५ गोलमात्रै गर्न सकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .