त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यालयले अबदेखि आन्तरिक उडानमा अतिविशिष्ट व्यक्तित्वलाई मात्रै विमान नजिक गाडी लैजान पाउने नियम लागू गरेको छ।
बिहीबार सूचना जारी गर्दै विमानस्थलले उक्त नियम लागू गरेको हो। नयाँ नियम लागू भएसँगै अब आन्तरिक उडानमा जाने भीभीआईपी ६ जना राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष र सोही मर्यादाका विदेशी समकक्षीलाई विमानसम्म गाडी लैजान पाउनेछन्। उक्त व्यक्तित्वलाई सुरक्षा खानतलासीमा समेत छुट हुने व्यवस्था रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले गत ९ गते १ सय ४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त नियम लागू गर्ने बताएका थिए। सोही बमोजिम विमानस्थलले नयाँ नियम लागू गरेको हो।

प्रतिक्रिया