कारोबार


एउटै फोन कल नछुट्ने नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा

एउटै फोन कल नछुट्ने नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा

नेपालखबर
भदौ १८, २०७६ बुधबार १२:२६,

तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन।

नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइरहेको छ। यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सकिनेछ।

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ। यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ। यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ।

आफ्नो मोबाइलमार्फत १४०० डायल गरेर दिइएका विकल्प अनुसार अथवा एसयूबी एमसीए लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ। कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .