पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ। कम्पनीले पायो बदाम ड्रिंक नामक ड्रिंक बजारमा ल्याएको हो। पायो बदाम ड्रिंक शुद्ध दुध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको छ।
यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वहरुले स्वास्थमा लाभ हुने कम्पनीले जनाएको छ।
भारतको चेन्नाईको एक कम्पनीसँगको सहकार्यमा बनेको यस बदाम ड्रिंक पूर्ण रुपमा अर्गानिक भएको र आईएसओ सर्टिफाईड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए।
साँथै, उनले पायो बदाम ड्रिंक बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे। उनले भने, ‘नेपालमै केही गर्नुपर्छ भन्ने मान्यताले केही युवा मिलेर यो सुरुवात गरेका छौं। हाम्रो उत्पादनले नेपालमा बजार पाउनेमा आशाबादी छौं।’

प्रतिक्रिया