ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका नेपाली वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन्। सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने सम्बन्धित अधिकारीहरुले जनाएका छन्।
एनटीएम सर्भर ह्याक भए पछि नेपाली बैंकहरुको एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले सुरक्षाका लागि बैंकहरुको सर्भर डाउन गरेको थियो। बैंकहरुले सेवा सुरुचारु गर्न अनुरोध गरेपछि प्रायः बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको हो। केहीले आफ्नो आन्तरिक सिस्टम समीक्षा गरिरहेका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार आफ्नो बैंकको मात्रै एटीएम कार्ड सुचारु गर्ने गरि एटीएम सिस्टम सुरु गरिएको हो।
राष्ट्र बैंकमा बैठक
बैंकको एटीएम ह्याक भएको सम्बन्धमा अहिले राष्ट्रबैंक र बैंकहरुबीच छलफल भइरहेको छ।
शनिबार राति पाँच जना चिनियाँ चिनियाँ नागरिकलाई नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा नियन्त्रणमा लिएको थियो। चिनियाँ नागरिकबाट सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए।
सो घटनालाई लिएर नेपाल राष्ट्र बैंक र बैंकहरुबीच छलफल भइरहेको हो। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका सुचना प्रविधि हेर्न व्यक्तिहरुलाई बोलाएर छलफल गरिरहेको छ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्र बैंकमा उक्त छलफल भैरहेको छ। उनीहरुसँग अहिलेसम्म भएको क्षति र कम कसरी भयो भन्नेबारेमा समेत जानाकारी लिइरहेको प्रवक्ता निरौलाले बताए।
बैंकहरुले एटीएम सर्भर कति समयसम्म डाउन राख्न भन्ने विषयमा समेत छलफल भइरहेको छ।

प्रतिक्रिया