ad ad

कारोबार


भर्चुअल मुद्राको कारोबारकर्ता कम्पनी बाइनान्सलाई बेलायतले लगायो प्रतिबन्ध

भर्चुअल मुद्राको कारोबारकर्ता कम्पनी बाइनान्सलाई बेलायतले लगायो प्रतिबन्ध

नेपालखबर
असार १५, २०७८ मंगलबार १२:२,

बेलायतले विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सलाई प्रतिबन्ध लगाएको छ । द फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए)ले उक्त कम्पनीले डिजिटल मुद्रासम्बन्धी कुनै पनि कारोबार बेलायतमा गर्न नपाउने भनेको छ ।

उसले बाइनान्स डटकमबारे उपभोक्तालाई चेतावनी पपनि जारी गरेको छ । धेरै पैसा आउने लोभमा क्रिप्टो पुँजी लगानी गर्नेहरुलाई त्यसो नगर्न एफसीएले सल्लाह दिएको छ ।

यता बाइनान्सले भने एफसीएको सूचनााले आफ्नो वेबसाइटबाट मिल्ने सेवामा प्रत्यक्ष प्रभाव नपर्ने जनाएको छ । बाइनान्सको अहिलेको क्रिप्टो एक्सचेन्ज बेलायतमा नभएकोले प्रत्यक्ष प्रभाव नपरे पनि उसको वेबसाइट प्रयोग गर्ने बेलायतीमा भने पर्नसक्नेछ । खासगरी उनीहरुलाई क्रिप्टोकरेन्सी किन्न र बेच्न समस्या हुनसक्नेछ ।

यसका बाबजुद एफसीएले क्रिप्टोकरेन्सीहरुमाथि भने प्रतिबन्ध लगाएको छैन । तर एक्सचेन्जहरुलाई भने दर्ता हुन भनेको छ । बाइनान्स अहिलेसम्म एफसीएमा दर्ता भएको छैन । सोही कारण पनि उसले बेलायतमा विनिमय सञ्चालनमा बाइनान्सलाई कडाइ गरेको हो । विश्वभर क्रिप्टोकरेन्सीका विरुद्ध कडा नीति अख्तियार गरिरहेका बेला बेलायती निकायमाथि पनि दबाब परेको थियो ।

बाइनान्स डटकम एउटा अनलाइन केन्द्रीकृत एक्सचेन्ज हो । यसले प्रयोगकर्तालाई वित्तीय उत्पादन र सेवा दिन्छ । यसमा भर्चुअल मुद्राहरुको किन्ने र बेच्नेसम्मको काम हुन्छ । डिजिटल वालेट, फ्युचर, सेक्युरिटी, सेभिङ एकाउन्ट र लेन्डिङलगायतको सेवा यसले उपलब्ध गराइरहेको छ ।

बाइनान्स ग्रुप अहिले केम्यान आइसल्यान्डमा रहेको कम्पनी हो । बाइनान्स मार्केट्स लिमिटेड लन्डनमा आधारित कम्पनी हो । सुरुमा यो ग्रुप माल्टामा रहेको थियो । अहिले भने विश्वका विभिन्न स्थानमा पुगिसकेको छ । बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .