ad ad

कारोबार


एलएफएआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा ओपो सम्मिलित

एलएफएआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा ओपो सम्मिलित

नेपालखबर
असार १०, २०७८ बिहिबार ९:२६,

ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यकारुपमा आफ्नो संलग्नता जनाएको छ।

यस मार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्‍याउने छन्।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफएआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन्। यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरुबीच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स ईन्नोभेशनलाई बढावा दिनु रहेको छ।

आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दूबैका लागि फाइदाजनक ओपन ईकोसिष्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो। यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन्। लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको छ।

कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकास मार्फत ओपोको एआई र डाटा इन्जिनियरिङ प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ।

एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनीधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनिधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसँग नजिक रही काम गर्दै उत्पादनका लागि ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन्।

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ। हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिङ सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौं। साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकीकृत गर्दै दूवैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दिर्घकालिन ईकोसिष्टमको निर्माणको पक्षधर हौँ। हाम्रो यस पहललाई ओपोले राम्रोसँग बुझेको छ। स्वस्थ ईकोसिष्टम निर्माण तथा विकासका लागि अग्रसर छ। हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रबर्तनलाई बढावा दिन रणनीतिकरुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लािग स्वागत गर्न पाउँदा हामी निकै उत्साहित समेत छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .