ad ad

कारोबार


सेयरबजारको प्रिओपनमा दुई प्रतिशत मात्रै मूल्य घटबढ हुने

सेयरबजारको प्रिओपनमा दुई प्रतिशत मात्रै मूल्य घटबढ हुने

नेपालखबर
असार १०, २०७८ बिहिबार ९:३,

सेयरबजारको प्रिओपन सेसनमा हुने कारोबारमा दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने भएको छ।

नेपाल धितो पत्र बोर्ड एक सूचना जारी गर्दै कारोबार घटबढको सीमा परिर्वतन गरेको जानाकारी गराएको हो।

यस अघिसम्म नेपाल धितोपत्र बोर्डले नियमावली संशाेधन सीमा परिर्वतन गरेको जानकारी दिएको छ।

बोर्डले भनेको छ, ‘प्रिओपन सेसनमा पाँच प्रतिशतसम्म मूल्य घटबढ गर्न पाउने सीमाले बजारमा अस्वाभाविक उतारचढाव आउने गरेको भन्दै बोर्डले त्यसलाई व्यवस्थित गर्न दुई प्रतिशतको सीमा परिवर्तन गरिएको हो।’

बोर्डले न्यूनतम एक रुपैयाँ घटबढ गरेर मात्रै अर्डर राख्न पाउने व्यवस्थामा पनि परिमार्जन गर्दै १० पैसामा सीमित गरेको छ।

यस्ता व्यवस्थाले सेयरबजार थप प्रतिस्पर्धी हुने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

board circular624

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .