कारोबार


वाणिज्य बैंकले सेयर कारोबार गर्न सहायक कम्पनी स्थापना गर्ने

वाणिज्य बैंकले सेयर कारोबार गर्न सहायक कम्पनी स्थापना गर्ने

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १२:२९,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। विशेष साधारणसभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो विशेष साधारणसभामा अध्यक्ष गुरुङ्गले प्रस्ताव प्रस्तुत गरेका थिए। बैंकले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने विचार व्यक्त गरे। विशेष साधारणसभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण सेयरधनी डमरु वल्लभ घिमिरेले राखेको जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए।

सभामा बैंकका सञ्चालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी तथा बैंकभित्र क्रियाशील तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो । विशेष साधारणसभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय २२ वटा शाखा कार्यालय, १ सय ७८ वटा एटीएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।

चालू आ.व.२०७५/०७६ को चौथो त्रैमासिक अवधिसम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .