केसी ग्रुप अफ कम्पनीजले कोभिड–१९ ले निम्त्याएको निषेधाज्ञाका कारण हातमुख जोड्न सकस भएका यहाँका १८ परिवारलाई राहत वितरण गरेको छ।
पोखरा १७, डेभिज फल्समा रहेको डेभिज फल्समा रहेको डेभिज क्लबको समन्वयमा ग्रुपका प्रबन्ध निर्देशक किरण केसीले ज्यालादारीबाट जीवन गुजारा गर्ने परिवारका सदस्यहरुलाई राहत वितरण गरेका हुन्।
किरणका अनुसार कम्पनीले स्थानीय क्लब तथा समूहको सिफारिसमा विभिन्न ठाउँमा राहत वितरण गर्दै आइरहेको छ।
केसी ग्रुप दक्षिण एसियाकै चर्चित रारा चाउचाउ उत्पादनदेखि जलविद्युत, निर्माण क्षेत्रमा क्रियशील रहेको छ।
किरणले आफ्ना पिता सूर्यबहादुर केसीको मार्गनिर्देशन अनुसार मानव कल्याणको लागि काम गर्दै आएको बताए। उनका पिता स्वर्गीय सूर्यबहादुर केसी संविधानसभा सदस्य तथा संघीय सांसद थिए।

प्रतिक्रिया