आन्तरिक उडान खुल्ने मिति फेरि सरेकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार जुलाई १ बाट ५० प्रतिशत उडान हुने भएका हुन्।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले आइतबारबाट आन्तरिक उडान सुरु हुने बताए पनि बुधबार मन्त्रालयमा भएकाे छलफलमा हवाइ महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने जुलाई १ देखि मात्रै उडान खुल्ने जानकारी दिए।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदले ५० प्रतिशत उडान खोल्ने निर्णय गरे पनि थप स्पष्ट पार्न मन्त्रालयलाई जिम्मा दिएको थियो।
मन्त्रालयले सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत उडान संख्या कटौती गरी उडान हुनेछ।
मन्त्रिपरिषदले ७ गते नै निर्णय गरे पनि मन्त्रालयले उक्त निर्णय १७ गतेदेखि मात्रै लागू गर्ने भएकाे हाे।
Shares
प्रतिक्रिया