ad ad

कारोबार


फेरि ‘बाउन्स ब्याक’ भयो सेयरबजार, जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाए

फेरि ‘बाउन्स ब्याक’ भयो सेयरबजार, जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाए

नेपालखबर
असार ८, २०७८ मंगलबार १०:१,

अघिल्लो हप्ताको बुधबारयता सुस्ताएको सेयरबजार फेरि ‘बाउन्स ब्याक’ भएको छ।

साताको तेस्रो कारोबार दिन सेयरबजारमा हरियाली छाएको हो।

बजार परिसूचक नेप्से ७९.४४ अंकले र क वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक १६.१९ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा २ सय २५ कम्पनी सामेल भएका छन्। जम्मा एक लाख १२ हजार ५० पटक भएको किनबेचपछि सेयरबजारमा १० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ।

दुई दिनयता राताम्य १३ समूहका सूचक आज हरियो भएका छन्। आज ३० वटाभन्दा बढी कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्।

आज गुमाउने लगानीकर्ताले बढीमा ३.१७ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। आज अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ।

सर्वाधिक कारोबारमा भने पुनर्बीमा कम्पनी नै अगाडि छ। कम्पनीको एक अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बाँकी कम्पनीको ३२ करोडभन्दा कमको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .