नेपालको एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिङ मार्फत जारी यूरो कप–२०२० को दैनिक खेलको परिणाम अनुमान गरी रू. २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ।
खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा निःशुल्क भोट गरी जो कोही सहभागी हुन सक्नेछन्। सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ ‘केवाईसी’ भेरिफाइ गराएको हुनपर्नेछ ।
त्यसै गरि भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा ‘रिमार्कस’ सेक्सन मा ‘युरो२०२०’ अनिवार्य रुपमा लेख्नु पर्नेछ।
सही उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन्।
खल्तीसँग बैंक लिंक गर्नका लागिः
१. खल्तीको होम पेजमा देखाइएको ‘लिंक बैंक एकाएन्ट’ व्यानरमा क्लिक गरि आफ्नो बैंक छनोट गर्ने र सम्पूर्ण विवरण भर्ने।
२. त्यसपछि, प्रयोगकर्ताको उल्लेखित नम्बरमा प्राप्त भएको ‘ओपीटी’ राख्नुपर्नेछ।
३. अब ‘भेरिफाइ’ बटनमा ट्याप गरिसकेपछि बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्वक लिंक हुनेछ।
यस यूरो कप–२०२० को सही अनुमान गर्ने योजना सम्बन्धमा खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर, शिरिष श्रेष्ठले भने, ‘हामीले (खल्ती) सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना सञ्चालनमा ल्याएका हौँ। यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्ध मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्। हामी कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गर्छौ।’
भोट ‘खल्तीडटकम’ मा गई बुकिङ सेक्सनमा रहेको भोट आइकनमा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ ।

प्रतिक्रिया