ad ad

कारोबार


चेम्बर अफ कमर्सले हस्तान्तरण गर्‍यो बाढीपीडितहरुको लागि राहत सामग्री

चेम्बर अफ कमर्सले हस्तान्तरण गर्‍यो बाढीपीडितहरुको लागि राहत सामग्री

नेपालखबर
असार ६, २०७८ आइतबार १०:७,

सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढीपीडितहरुको लागि नेपाल चेम्बर अफ कमर्सले राहत सामग्री हस्तान्तरण गरेको छ।

त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका सामग्रीहरु चेम्बरले उपलब्ध गराएको हो।

उक्त राहत सामग्री मनाङको लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका बाढपीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षद्वय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति थियो।

हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षति पु¥याई त्यस क्षेत्रका बासिन्दाहरु घरवारविहीन हुनपुगेकाले नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले गहिरो दुःख व्यक्त गरेका छन्।

बाढीमा परी असामयिक निधन भएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .