कारोबार


वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

नेपालखबर
असार ४, २०७८ शुक्रबार ९:३४,

राष्ट्रिय वाणिज्य बैंकले कोरोना महामारीबाट प्रभावित आफ्ना ग्राहकलाई कर्जामा लाग्ने ब्याजमा १० प्रतिशत छुट दिने भएको छ।

कोरोना प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि सरकारले बजेट र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत सहुलियतका कार्यक्रम ल्याइरहेको बेला वाणिज्य बैंकले छुटको घोषणा गरेको हो।

गत जेठ ११ मा राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्थालाई आफ्ना ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट दिनसक्ने व्यवस्था गरेको थियो।

यो छुट घोषणाले ग्राहकलाई अहिले नियमित कर्जा भुक्तानीमा समस्या भइरहेका बेला सहज हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यही असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोरोना प्रभावित ग्राहकले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट दिइनेछ।

यो सुविधा बैंकका नेपालभरका २ सय ४७ शाखा कार्यालयमा उपलब्ध रहेको र १ लाख ८० हजार बढी कर्जा ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .