कारोबार


दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान

दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान

नेपालखबर
असार २, २०७८ बुधबार १२:५५,

राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ।

दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगो मार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा नीजि सवारी साधनलाई लोगो प्रदान गर्न शुरु गरेको हो।

बुधबार दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय लैनचौरमा एक कार्यक्रम आयोजना गरी दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराएको हो। अब सो लोगोका आधारमा दुग्धजन्य पदार्थ ढुवानीका साधनहरु निर्वाध रुपमा चल्ने राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख डा. राजेन्द्र यादवले विश्वास व्यक्त गरे।

यसरी लोगो प्राप्त गर्न केही मापदण्डहरु पुरा गर्नुपर्ने पनि उनले बताए। बुधबार सरकारी सवारीबाट लोगो वितरण गरिएपनि शुक्रबारदेखि निजी ढुवानीका सवारी साधनलाई पनि लोगो वितरण गरिने उनले बताए।

राष्ट्रिय दुग्ध विकास बोर्डले नेपाल सरकारले दुध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतिक चिन्ह प्रदान गरिएकाले प्रतिक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिनेमा विश्वास व्यक्त गरेको छ।

यसरी निर्वाध रुपमा चल्न दिइएमा दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सुनिश्चित हुने विश्वास लिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad