पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पाराओलम्पिक खेल्ने निश्चित भएको छ।
पलेसाले पाराओलम्पिकमा क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूहमुनीमा वाइल्ड कार्ड प्राप्त गरेकी हुन्।
वाइल्ड कार्डका लागि नेपाल तेक्वान्दो संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस गरेको जनाएको छ।
संघका अनुसार पलेशाले विश्व तेक्वान्दो महासंघको १३औं स्थानको वरियतामा रहेकाले महासंघ र अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था गरे अनुसार पलेशाले वाइल्ड कार्ड पाएकी हुन्।
संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टोलीकी सदस्य पलेशा २०७२ सालदेखि नै नियमित प्रशिक्षणमा रहेकी छिन्।
ओलम्पिकका लागि अहिलेसम्म ४ नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ।
ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स शाह, म्याराथनका गोचीचन्द्र पार्की र सुटिङकी कल्पना परियारले भाग लिनेछन्।

प्रतिक्रिया