ad ad

कारोबार


५१ कम्पनीकाे चलखेलबारे बोर्डको खुलासापछि सेयरबजारमा पहिरो, नेप्से दोहोरो अंकले गिरावट

५१ कम्पनीकाे चलखेलबारे बोर्डको खुलासापछि सेयरबजारमा पहिरो, नेप्से दोहोरो अंकले गिरावट

नेपालखबर
असार २, २०७८ बुधबार ९:५६,

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा चलखेलपूर्ण कारोबार भइरहेको खुलासा गरेको भोलिपल्ट सेयरबजारमा पहिरो गएको छ।

आज नेप्से ५२.४१ अंकले र सेन्सिटिभ सूचक ८.५६ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा २ सय १९ कम्पनी सामेल भएका छन्। आज २ करोड ८२ लाख ८९ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा भएको १ लाख ६७ हजार ९ सय ३८ पटकको खरिदबिक्रीसँगै १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज माइक्रोफाइनान्सबाहेक १२ वटा समूहको सूचक राताम्य छन्। आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मात्रै १० प्रतिशतले बढेको छ। बाँकीको सेयरमूल्य त्योभन्दा कम दरले बढेको छ। त्यस्तै डेढ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ६० करोडको, हिमालयन डिस्टिलरीको ५५ करोडको कारोबार भएको हो।

आजको सेयरबजारमा बोर्डको चलखेल गरी सेयर मूल्य बढाइएको भन्ने अध्ययनको प्रभाव देखिएको हो। बोर्डले तीन वर्षको ती कम्पनीको सेयर मूल्य अवस्थाको तुलना गर्दै प्रतिसेयर आम्दानी, त्यसको अनुपातलगायत नापजोखा गरी ५१ कम्पनीमा लगानी गर्नु जोखिम हुने सूचित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .