कारोबार


निषेधाज्ञा खुकुलो भएसँगै पसलहरुमा चहल पहल बढ्यो

निषेधाज्ञा खुकुलो भएसँगै पसलहरुमा चहल पहल बढ्यो

नेपालखबर
असार २, २०७८ बुधबार ९:०,

उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ।

काठमाडौं उपत्यकामा असार १ गतेदेखि निषेधाज्ञाको नयाँ मोडल लागू भएको छ। परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो।

यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो। असार १ गतेदेखि भने बिहान ११ बजेसम्म खोल्न दिइएको हो।

९ बजेसम्म पसल खोल्न दिँदा उपभोक्तालाई सामग्रीहरु पुर्‍याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको ललितपुर लगनखेलमा व्यापार गरिरहेका जगन्नाथ जोशी बताए। सरकारले परिस्थितिको मूल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने उनले बताए।

ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष विनोद ताम्राकार ९ बजेसम्म खुल्दा भ्याइनभ्याइ हुने गरेपनि अहिले भने उपभोक्तालाई आवश्यक सामग्री किन्न सहज भएको बताउँछन्। हार्डवेयर र पुस्तक पसल खुल्दा पनि सहज भएको उनले बताए।

जनस्वास्थ्यको मापदण्ड अपनाउँदै बिहान ११ बजेभित्रै आवश्यक सामग्री किन्नको लागि उनले आग्रह गरे।

काठमाडौं उपत्यकामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .