क्रिस्टियानो रोनाल्डोलाई उनको पूरानो क्लब म्यानचेस्टर यूनाइटेडले वार्षिक झण्डै २ अर्ब ८१ करोड (१७ मिलियन पाउण्ड) पारिश्रमिक दिने गरि भित्र्याउने प्रयास गरेको छ।
अंग्रेजी पत्रिका डेलिमेलका अनुसार हाल यूभेन्ट्सबाट खेलिरहेका रोनाल्डोका लागि क्लबले उक्त पारिश्रमिकसँगै पाउल पोग्बालाई पनि दिने प्रस्ताव राखेको छ।
रोनाल्डोले पनि राम्रो प्रस्ताव आए यूभेन्ट्स छाड्ने योजना बनाएका छन। अहिले रोनाल्डोले यूभेन्ट्सबाट वार्षिक २७ मिलियन पाउण्ड पाउँदै आएका छन।
यूनाइटेडले यसै समरमा रोनाल्डोलाई भित्र्याउने प्रयास गरिरहेको छ। तर समाचारका अनुसार रोनाल्डोले भने पेरिस सेन्ट जर्मन(पीएसजी) जाने इच्छा देखाएका छन।
यता रोनाल्डोलाई भित्र्यान उनको अर्को पूर्व क्लब रियल मड्रिड र स्पोर्टिङ लिस्वेनले पनि प्रयास गरिरहेको छ।
रोनाल्डोले सोमबार रातिमात्रै युरोकप फुटबलमा तीन किर्तिमान बनाएका थिए।
गएराति भएको समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गरेको छ। जुन खेलमा रोनाल्डोले तीन किर्तीमान बनाएका हुन्।
रोनाल्डोले हगेंरीको विरुद्धको खेलमा मैदान उत्रँदै लगातार पाँचौ सिजन युरोकप खेल्ने किर्तिमान बनाए। समूह चरणको पहिलो खेलमा नै दुई गोल गरेका रोनाल्डोले फरक पाँच सिजनमा गोल गर्ने एक्ला खेलाडीको किर्तिमान समेत आफ्नो नाममा गरे।
रोनाल्डोले २००४ को संस्करणमा २ गोल गरेका थिए। त्यसैगरी २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए।
यस्तै रोनाल्डोले मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमानलाई भंग गर्दै युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तिमान पनि आफ्नो नाममा लेखाए।
योसँगै रोनाल्डोको अन्तराष्टिय गोल सख्यां १ सय ६ पुगेको छ। उनी सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने इरानका अली दाई भन्दा तीन गोलले पछि छन्। अली दाईले १ सय ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
प्रतिक्रिया