सेयरबजारमा आज गिरावट देखिएको छ। बजार परिसूचक नेप्से मंगलबार ३.७२ अंकले ओरालो लागेको हो।
क वर्गंका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २५ अंकले हरियो छ।
आजको कारोबारमा २ सय २६ कम्पनी सामेल भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीको आज ३ करोड ९ लाख ४८ हजारभन्दा धेरै कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा एक लाख ६४ हजार ७ सय ९० पटकको किनबेचमा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैयाँको सेयर कारोबार भएको हो।
आज १३ मध्ये लगानी, म्युचुअल फन्ड, अन्य, उत्पादन र होटल तथा पर्यटन समूहको सूचक बढे पनि बाँकी समूहको घटेको छ।
कसले कमाए?
आजको कारोबारमा तीनवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले क्रमशः ६०, २७ र ३६ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको नेप्सेले जनाएको छ।
छ्याङ्दीका लगानीकर्ताले गुमाए
यस्तै आज छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिसेयर ५२ रुपैयाँ नोक्सानी व्यहोरेका छन्। यसबाहेक लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले पनि आज ३२ रुपैयाँ प्रतिसेयर घाटा व्यहोरेका छन्। उता वरुण हाइड्रोपावरका लगानीकर्ताले ४५ रुपैयाँ गुमाउँदा गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीका सेयरधनीले ४० र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३१ रुपैयाँ गुमाएका छन्।
पुनर्बीमाको सर्वाधिक कारोबार
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। त्यसपछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको ५२ करोडको, हिमालयन डिस्टिलरीको ४२ करोडको, अरुण भ्याली हाइड्रोपावरको ३४ करोड रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया