कारोबार


विज्ञापन सप्ताहका अवसरमा ४८ पिन्ट रगत संकलन

विज्ञापन सप्ताहका अवसरमा ४८ पिन्ट रगत संकलन

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ११:२४,

नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन सप्ताहका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

संघले जेठ ३० गतेदेखि असार ७ गतेसम्म ‘नेपाली विज्ञापन सप्ताह’ मनाउन सुरु गरेको हो।

सोही क्रममा आइतबार संघको सचिवालय परिसर शान्तिनगरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको संघले जनाएको छ।

संघले ‘एड–डे’ मनाउने सन्दर्भमा लोगो सार्वजनिक गर्दै सम्पूर्ण विज्ञापनदाता, विज्ञापनकर्मी, मिडिया, मिडियाकर्मी, विज्ञापन सर्जक तथा आम दर्शक तथा उपभोक्तामा शुभकामना दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .