कारोबार


गुल्जार सेयरबजार : एक महिनामै उठ्न थाल्यो वर्षभरिमा उठ्ने राजस्व

गुल्जार सेयरबजार : एक महिनामै उठ्न थाल्यो वर्षभरिमा उठ्ने राजस्व

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ६:४६,

पुँजी बजारमा आएको उछालले १ वर्षमा उठ्ने राजस्व १ महिनामै उठ्न थालेको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले १ महिनामै १ अर्ब राजस्व उठ्न थालेको बताएका हुन्।

उनले पछिल्लो १ वर्षमा अनलाइन कारोबार १७ गुणाले बढेको जानकारी दिए।

नेपाल धितोपत्र बोर्डको २९औँ वार्षिक उत्सवको अवसरमा ढुंगानाले मेरो सेयर खाता खोल्नेको संख्या २६ लाख पुगेको जानकारी दिए।

उनले प्राथमिक बजारमा ७८ अर्ब रुपैयाँको पुँजीकरण भएको र यो हालसम्मकै उच्च भएको जानकारी दिए।

दोस्रो बजारको परिसूचक ऐतिहासिक उचाइमा रहेको छ। कुल गार्हस्थ्य उत्पादन बराबर पुँजीकरण भएको छ। गत वर्ष ४५ प्रतिशत मात्रै रहेको थियो।

अहिले पूर्ण रुपमा अनलाइन कारोबार गर्न सक्ने अवस्था भएको उनले बताए।

अर्थतन्त्रका संकुचन भइरहेको अवस्थामा पनि पुँजी बजारमा उत्साह रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .