सेयरबजार आज २९०६.७० विन्दुमा पुगेर रोकिएको छ।
अघिल्लो दिन २९०६.८९ विन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो।
आज नेप्से सूचक ०.२१ र सेन्सिटिभ सूचक ०.३८ ले घटे पनि कारोबार रकम १५ अर्ब बढी पुगेको छ।
आइतबार १७ अर्ब बढीको कारोबार भएको थियो।
सोमबारको कारोबारमा २ सय २१ कम्पनी सामेल भएका छन्। दिनभरिमा १ लाख ५१ हजार ९ सय ४२ पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोडको कारोबार भएको हो।
आज कम्पनीहरुको साढे तीन लाख कित्ता सेयर बिक्री भएको छ।
कुल १३ मध्ये आज लगानी, माइक्रोफाइनान्स, उत्पादन, होटल र पर्यटन, व्यापार तथा वाणिज्य बैंकको सूचक घटेको छ।
आज पनि पुनर्बीमा कम्पनीको सर्वाधिक ६२ करोडको, निफ्राको ४६ करोडको कारोबार भएको छ।
डेढ दर्जन कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा कमाउँदा गुमाउने लगानीकर्ताले ३.५८ प्रतिशतसम्म घाटा व्यहोरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रतिक्रिया