नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावको लिखित जवाफ दिने भएको छ।
ओलीले आइतबार राति पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेक थिए। उक्त प्रस्तावको आज १५ जना स्थायी कमिटी सदस्यको तर्फबाट लिखित जवाफ आउने बेदुराम भुसालले बताए।
'एकताका लागि के के हुनुपर्छ भन्ने विषयसहित केही समया लिखित जवाफ आउँछ', भुसालले भने।
सोमबार नेपाल पक्षका नेताहरुको छलफलले ओलीको प्रस्तावमा एकताको भावना नपुगेको निष्कर्षसमेत निकालेको छ।
ओलीको प्रस्तावमा छलछाम देखिएको र सम्पूर्णलाई एकतामा लैजान नखोजेको देखिएको नेपाल पक्षको ठहर छ।

प्रतिक्रिया