कारोबार


सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

नेपालखबर
जेठ २३, २०७८ आइतबार १०:२८,

सामाजिक सुरक्षा कोषमा आबद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन्।

खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच सम्झौता भएसँगै उक्त सेवा कार्यान्वयनमा आएको खल्तीले जनाएको छ।

यसअन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुवै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी गर्न सक्नेछन्।

उक्त रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ। नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ ।

‘खल्तीले सामाजिक सुरक्षा कोषमा आबद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ। हामीलाइ विश्वास छ कि यो सेवाले मानिसहरुको भुक्तानी प्रक्रियालाइ सरल र सही बनाउन थप टेवा पुग्नेछ’, खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलले भने ।

उक्त सेवा सञ्चालनमा आएपछि खल्तीबाटै कोषमा रकम जम्मा गर्न व्यक्ति तथा संगठित संस्थाहरूलाइ निकै सहज हुने अपेक्षा गरेको उनको भनाइ छ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँग अत्यन्त छोटो समयमा गरिएको यो सहकार्यले सत्तहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीहरुलाई चौबिसै घण्टा रकम जम्मा गर्ने सुविधा दिन कोष सफल हुने बताए।

उनले भने, ‘यो सफलताको पछाडि व्यवस्थापक र प्राविधिक पक्षको ठूलो हात रहेको हुँदा उहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सेवाले खल्ती डिजिटल वालेट र सामाजिक सुरक्षा कोष दुबैको प्रतिष्ठा बढाउन थप मद्दत मिलेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad