कारोबार


निषेधाज्ञा खुलेसँगै रेल चल्छ: मन्त्री नेम्वाङ

निषेधाज्ञा खुलेसँगै रेल चल्छ: मन्त्री नेम्वाङ

नेपालखबर
जेठ १९, २०७८ बुधबार १२:५,

भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले माहामारीका बीच ठूला पूर्वधारका कामलाई निरन्तरता दिएको बताएका छन्।

बजेटको विषयमा छलफल कार्यक्रममा गौरवका आयोजना, रणनीतिक सडक, उत्तर–दक्षिण करिडोरलाई प्राथमिकता दिएको मन्त्री नेम्वाङले बताए।

उनले हरेक गाउँपालिको केन्द्रमा कालोपत्रे सडक पुर्याउने र निर्वाचन रणनीतिक सडकका दुई ठूला महत्वपूर्ण आयोजना सुचारु भएको बताएका छन्।

हरेक गाउँपालिका केन्द्रमा कालोपत्रे सडक करिब दुई खर्ब र निर्वाचन रणनीतिक सडक करिब ५७ अर्वको रुपैयाँका आयोजना हुन्।

तर ३ वर्षभित्र सक्ने लक्ष्य लिएको १६५ रणनीतिक सडककोलागि २ अर्व २० करोड बजेट मात्रै विनियोजन गरिएको छ। मन्त्री नेम्वाङले अहिलेको बजेट टेन्डर प्रक्रियाको लागि भएको दाबी गर्दै ठेक्का लागेको ३ वर्षमा सक्ने बताए।

आगामी वर्षमा हुलाकी राजमार्ग सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको बताएका छन्। उनले वर्तमान सरकार बनेपछि हुलाकी राजमार्गले तीब्रता पाएको दावी गरे।

आगामी वर्षको बजेट एउटा प्रदेशको केन्द्रले अर्को प्रदेश जोड्ने सडकलाई समेत प्राथमिकता दिएको बताएका छन्। उनले लुम्बिनीबाट कर्णाली जोड्ने नेपालगञ्ज–सुर्खेत राजमार्ग र गण्डकी प्रदेश जोड्न सिदार्थ राजमार्गलाई स्तरोन्ती गर्न लागिएको बताए।

सरकारले पूर्वपश्चिम राजमार्गबाट भारतको बोर्डरसम्म जोड्ने औद्योगिक करिडोर निर्माणलाई अघि बढाएको बताएका छन्। यसले तराईका १८ जिल्लालाई जोड्ने छ।

मन्त्री नेम्वाङले दार्चुलाको लिपुलेक/कालापानी क्षेत्रमा सडक पुर्याउनको लागि माहाकाली राजमार्गको लागि प्राथमिकता दिइएको छ। नेपालमा पछाडि परेको भेरी करिडोरको लागि बहुवर्षीय ठेक्काको लागि बजेट विनियोजन गरिएको उनले बताए।

मन्त्रालयको प्राथमिकता उत्तर–दक्षिण जोड्ने सडकलाई प्राथमिकता रहेको उनले बताए। कर्णली, कालिगण्डकी, कोशी कोरिडोर बाहेक उत्तर दक्षिण जोड्ने अरुण करिडोरलाई अघि बढाउने बताए।

मन्त्रालयले ७२ वटा बैकल्पीक राजमार्गको रुपमा ४ अर्व बजेट विनियोजन गरिएको जनाएको छ। मन्त्री नेम्वङले सडकको लम्बाई घटाउन नयाँ सुरुङमार्ग तथा पुलको योजना अघि सारिएको बताएका छन्।

उनले मध्यपहाडी राजमार्गमा पर्ने ठूला डाडा घुम्नु भन्दा सुरुङ मार्ग निर्माण गर्नु उपयुक्त भएको बताएका छन्।

‘पहिला हाम्रो आवश्यका सबै ठाउँमा सडक पुर्याउनु रहेको थियो त्यहि अनुसार डिजाइन भए,’ मन्त्री नेम्वाङले भने ‘अब नयाँ प्रविधि अयो पहाड घुमेर होइन सुरुङमार्ग बनाएर जानुपर्छ।’

उनले ४० किमीको सडक एउटा सुरुङमार्ग बनाउँदा ३ किलोमिटरमा झर्छ भने सुरुङमार्ग बनाउनु नेपालको दिर्घकालिन हित हुने बताए।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले आगामी वर्ष ३ सय वटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ। मन्त्रालयले राजमार्गमा नयाँ १० वटा सिग्नेचर पुल बनाउने योजना अघि सारेको छ।

नेम्वाङले नागढुंगा निर्माण ९ अर्व ८४ करोड बजेट विनियोजन भएको बताउँदै आगामी वर्ष ३ वटा सुरुङमार्गको निर्माण सुचारु गर्ने दावी गरेका छन्। नयाँ सुरुङमार्गको लागि ३ अर्व बढी रुपैयाँ विनियोजन भएको बताए।

संघीय राजधानी काठमाडौंलाई जोड्ने सुर्यविनायकदेखी धुलिखेलसम्म ४ लेनमा विस्तार हुने छ। चक्रपथ दोस्रो २ अर्व ६४ करोडको बजेट विनियोजन गरिएको छ।

उपत्यकामा चालु आर्थिक वर्ष १ वटा फ्लाई ओभर र आगामी वर्ष ३ वटा फ्लाई ओभर निर्माण गर्ने सुरु गर्न योजना रहेको छ। जाइकाको सहयोगमा कोटेश्वरमा सुरुङमार्ग निर्माण हुने मन्त्री नेम्वाङले जनाएका छन्।

आगामी आर्थिक वर्षको बजेट कार्यन्वयनको लागि कार्ययोजना निर्माणगरी अर्थमन्त्रालयमा पेश गरिसकेको जानकारी दिएका छन्

निषेधाज्ञा खुलेसँगै रेल चल्छ
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनको लागि सबै तयारी पुरा भएको बताएको छ। मन्त्री नेम्वाङले रेल सञ्चालनको लागि निषेधाज्ञा मात्रै अवरोध भएको दाबी गरे।

‘हामीले रेल सञ्चालन गर्नको लागि कर्मचारीको व्यवस्थपन गरिसकेका छौं,’ उनले भने ‘रेल अध्यादेश ल्याएर कानुनी बाटोपनि खुलेका छौं। अब निषेधाज्ञा माहामारी कमभएसँगै रेल चल्छ।’

उनले आगामी वर्ष जयनगर देखी बर्दिबाससम्मै रेल सञ्चालन हुने बताएका छन्।

‘पूर्वपश्चिम रेलमार्ग र वर्दिवास–जयनगर रेल सञ्चालनको लागि आवश्यक रेल स्टेसन वर्दिबासमा निर्माण हुँदै छ,’ उनले भने ‘आगामी वर्ष जग्गा प्राप्ती गरी रेल स्टेसनको काम अघि बढ्ने बताएका छन्।’

पूर्वपश्चिम रेलमार्ग, काठमाडौं–रक्सौल र केरुङ–काठमाडौं रेलमार्गको डिपिआर तयार हुने बताएका छन्।
उनले यातायात क्षेत्रलाई व्यवस्थीत गर्न इम्बोड नम्बर ७ वटै प्रदेशमार्फत वितरण गरिने बताए।

नेपालमा विद्युतीय गाडीको प्रवद्र्धन गर्न ५ सय स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने छ।
नेम्वाङले पानी जहाज विधेयकको मस्यौदा तयार भएको बताएका छन्। उनले नेपाली झण्डा बोकेको जहाज विदेशसम्म जान सक्नेगरी मस्यौदा तयार भएको बताए।
उनले कोशीमा जलमार्ग विस्तारको लागि खुवालुङको ढुङ्गा नफुटाइ विस्तार हुने बताए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad