कारोबार


यस्ता छन् निषेधाज्ञाको समयमा विदेशबाट आउँदा पालन गर्नुपर्ने मापदण्ड

यस्ता छन् निषेधाज्ञाको समयमा विदेशबाट आउँदा पालन गर्नुपर्ने मापदण्ड

नेपालखबर
जेठ १७, २०७८ सोमबार १५:१९,

सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।

तीनवटा देशमा अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८ सार्वजनिक गरिएकाे हाे।

मापदण्डअनुसार नेपाल आउने सबै यात्रुले ७२ घण्टाको कोभिड नेगेटिभ पीसीआर रिपोर्ट ल्याइ १० दिन होटल क्वारेन्टिन बस्नु पर्ने छ।

यात्रुहरुले आफ्नै खर्चमा १० दिनको होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्र हवाई उडानबाट नेपाल आउन अनुमति प्रदान गर्ने उल्लेख गरिएको छ।

आफन्तको अन्तिम संस्कार गर्न आउनेले स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिन बस्नेगरी अनुमति दिइने नयाँ मापदण्डमा उल्लेख रहेको छ।

५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका जेष्ठ नागरिक, नेपाल आउने कूटनीतिक नियोगका कर्मचारी, कोभिड नियन्त्रणको कार्यमा खटिन विदेशबाट आउनेको सम्बन्धित निकायको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी अनुमति दिइने छ।

खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको हकमा ५ दिन अनिवार्य होटल क्वारेन्टिन बसी पीसीआर नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्नु पर्ने छ।

होटल क्वारेन्टिन पश्चात कोरानाको संकेत एवम लक्षण देखिएका व्यक्तिहरुले पीसीआर परीक्षण गर्नुपर्ने छ।

हेराैं मापदण्ड विस्तृतमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad