ad ad

कारोबार


मंगलमका कर्मचारीको कोरोनाका कारण मृत्यु भए परिवारलाई एक वर्षको तलब

मंगलमका कर्मचारीको कोरोनाका कारण मृत्यु भए परिवारलाई एक वर्षको तलब

नेपालखबर
जेठ १६, २०७८ आइतबार १२:४९,

नेपालको पहिलो सीपीभीसी पाइप्सर फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले ‘मंगलम केयर’ नामक आहवान्को सुरुवात गरेको छ।

मंगलम पाइप्सले आफ्ना देहान्त भएका हरेक कर्मचारीका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको छ।

अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रासको भावना सिर्जना गरेको र दिनहुँ कैयौं व्यक्तिको ज्यान गएको अवस्थामा मंगलमले आफ्ना कर्मचारीको परिवारको हितलाई ध्यानमा राखेरर यस्तो योजना ल्याएको जनाएको छ।

मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन्। मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ। हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .