आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटलाई सेयरबजारले स्वागत गरेको छ।
साताको पहिलो कारोबार दिन अर्थात् बजेट घोषणापछिको पहिलो दिन सेयरबजार हरियो भएको हो।
नेप्से र सेन्सिटिभ दुवै हरियो भएको सेयरबजारमा एकै दिन १७ अर्ब रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेप्सेका अनुसार आजको कारोबारमा २ सय १९ कम्पनी सामेल भएका छन्। जसअनुसार एक लाख ७३ हजार ५ सय ३७ पटकको खरिदबिक्रीपछि उक्त कीर्तिमानी कारोबार भएको हो।
आज ४ करोड २६ लाख कित्ताभन्दा धेरै सेयर बिक्री भएका छन्। कुल १२ समूहमध्ये व्यापार, जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको सूचक भने ओरालो लागेका छन्।
आज कम्पनीहरुमध्ये एनएचपीसीको सर्वाधिक ४७ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, कमाउने लगानीकर्ताले १० प्रतिशतसम्म कमाउँदा गुमाउनेले ६.५६ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया