सरकारले सबै प्रकारका मादक तथा सुर्तीजन्य पदार्थमा अन्तःशुल्क मूल्य बढाएको छ।
आर्थिक अध्यादेश २०७८ मार्फत खैनी, चुरोट, सुर्तीसँग सम्बन्धित कच्चापदार्थ तथा तयारी वस्तुमा अन्तःशुल्क बढाइएको हो।
अन्तःशुल्क बढाएसँगै अब मादक पदार्थ (मदिरा) तथा सुर्तीजन्य सामग्रीको मूल्य ह्वात्तै बढ्ने देखिन्छ।
सरकारले पानमसलामा किलोकै १६२ रुपैयाँ अन्तःशुल्क बढाएको छ। गत वर्ष ६५० रुपैयाँ रहेको पानमसला अहिले ८१२ रुपैयाँ पुगेको हो।
सरकारले इनर्जी ड्रिंक्समा समेत अन्तःशुल्क बढाएको छ। सबै प्रकारका इनर्जी ड्रिंक्स प्रतिलिटर ३० बाट ३६ रुपैयाँ पुर्याइएको छ।
अध्यादेशअनुसार जौबाट बनेको बियर १६५ बाट १९८ रुपैयाँ, छ्याङ ३५ बाट ४३ रुपैयाँ पुगेको छ।
सेम्पेन, सेरी, मिड, पेरी, साइडरको प्रतिलिटर ४३० बाट ५१६ रुपैयाँ अन्तःशुल्क मूल्य पुर्याइएको छ।
त्यसैगरी १५ यूपीको ह्विस्की, जिन, भोड्का, रम तयारी मादकपदार्थको लागि प्रतिलिटर १३ सय २५ बाट १५ सय ९२ रुपैयाँ पुर्याइएको छ।
सुर्तीको प्रतिकिलो ९५ रुपैयाँबाट ११८ रुपैयाँ पुगेको छ। तमाखु १ हजार ३ सय ३५ बाट १ हजार ६ सय ६८ रुपैयाँ, जर्दा खैनी, नस, गुटखा प्रतिकिलो ६५० बाट ८१२ रुपैयाँ पुगेको छ।
मूल्यसूचीः

प्रतिक्रिया