नागढुंगा सुरुङमार्ग २ वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार यस आयोजनाको कामलाई तीव्रता दिइनेछ। यस आयोजनाका लागि ९ अर्ब ८५ करोड छुट्याइएको छ।
आगामी आवमा सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर, धरान धनकुटा सडकखण्डको धरान लेउती सुरुङमार्ग प्रारम्भ गर्न बजेट व्यवस्थापन गरेको उनले बताए।

प्रतिक्रिया