कारोबार


कुन सडकलाई कति बजेट?

कुन सडकलाई कति बजेट?

नेपालखबर
जेठ १५, २०७८ शनिबार १२:२५,

सरकारले पूर्वपश्चिम राजमार्गलाई तीव्ररुपमा ४ लेनमा विस्तार गर्ने भएको। त्यसका लागि १५ अर्व विनियोजन गरिएको छ।

पुष्पलाल राजमार्गलाई ४ लेनमा विस्तार गरिने भएको छ। राजमार्गको दुरी घटाउन सुरुङमार्ग हाईब्रिजको प्रयोग गरिने छ।

त्यसको लागि ८ अर्व १३ करोड बजेट विनियोजन गरिएको छ। मदन भण्डारी मार्गका लागि ३ अर्व २० करोड बजेट विनियोजन गरिएको छ।

हुलाकी राजमार्ग निर्माण ६ अर्व ३९ करोड विनियोजन गरिएको छ। आबुखैरेनी पोखरा खण्ड चार लेनमा विस्तार गर्न ७ अर्व २७ करोड विनियोजन गरिएको छ।

काठमाडौं–तराई द्रुतमार्ग आगामी वर्ष सुचारु गर्न ८ अर्व १५ करोड विनियोजन गरिएको छ। शिद्धर्थ राजमार्ग र कोहोलपुर सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लाइनमा विस्तार गर्नको लागि ७ अर्व विनियोजन गरिएको छ।

पृथ्वी राजमार्गको लागि ७ अर्व २७ करोड विनियोजन गरिएको छ। अरनीको राजमार्गको लागि १ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ। उत्तर दक्षिण करिडोरलाई तीव्रता दिइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad