कारोबार


प्रविधिमैत्री सार्वजनिक यातायात : उपत्यकामा सय विद्युतीय बस, देशैभर ५ सय चार्जिङ स्टेसन

प्रविधिमैत्री सार्वजनिक यातायात : उपत्यकामा सय विद्युतीय बस, देशैभर ५ सय चार्जिङ स्टेसन

नेपालखबर
जेठ १५, २०७८ शनिबार १२:१९,

यातायात प्रणालीलाई सुरक्षित विश्वसनीय र प्रविधियुक्त बनाइने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बदलिँदो परिस्थितिमा सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने जानकारी दिए।

त्यसका लागि विद्युतीय सवारीचालक अनुमतिपत्र जारी गरिनेछ। बिक्री दर्ता भएका सबै सवारीसाधनमा रेडियो फ्रिक्वेन्सी, पहिचानसहितको इम्बोस्ड नम्बर सबै प्रदेशबाट वितरण गरिने भएको छ। मालवाहक तथा अन्य सवारीसाधनमा जीपीएस सिस्टम जडान गरिनेछ।

सार्वजनिक यातायातमा इटिकेटिङ लागू गरिनेछ। काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गरी सार्वजनिक परिवहन सञ्चालनलाई व्यवस्थित बनाइनेछ। यातायात सेवा सञ्चालनमा प्रतिस्पर्धा गरी यात्रुलाई सुविधायुक्त र गुणस्तरीय सेवा प्रदान गरिनेछ।

यातायात व्यवसायीको अचल सम्पत्ति रुपान्तरित यातायात कम्पनीमा हस्तान्तरण हुने व्यवस्था मिलाइनेछ।

काठमाडौं उपत्यका, बिर्तामोड, इटहरी, भद्रपुर, ढल्केबर, जनकपुर, पोखरा, दमौली, बुटवल, लुम्बिनी, भैहरवा, कोहलपुर, नेपालगञ्ज, अत्तरीया, धनगढीलगायतका देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरिने भएको हो। त्यसो गरेमा थप प्रोत्साहन अनुदानको व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

साझा यातायातमार्फत सय विद्युतीय बस सञ्चालन गरिने भएको छ। विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आगामी आवमा निजी क्षेत्रको सहभागितामा उपत्यकासहित देशका विभिन्न स्थानमा ५ सय चार्जिङ स्टेसन, टर्मिनल भवनलगायत अन्य पूर्वाधार, निर्माण गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad