नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको व्यवस्थापनका लागि सातैवटा प्रदेशलाई आर्थिक सहयोग गरेको छ।
प्रत्येक प्रदेशले ७ लाख पाउने गरी बैंकले ४९ लाख रुपैयाँ सहयोग गरेको हो।
उक्त रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघ÷संस्थालाई सहयोग गर्दै आएको छ।
तीनै तहका सरकारहरुबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलकदमीको हार्दिक सह्राहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया