कारोबार


अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण र पहेँलो किताब सार्वजनिक गर्दै

अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण र पहेँलो किताब सार्वजनिक गर्दै

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ६:१२,

अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण र पहेँलो किताब सार्वजनिक गर्दै छ।

मन्त्रालयले भर्चुअल कार्यक्रम गरी दिउँसो २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको समग्र पक्षको विषयमा उल्लेख रहेको हुन्छ भने पहेँलो किताबमा सरकारी संस्थानको वित्तीय अवस्थाको बारेमा उल्लेख गरिएको हुन्छ।

अर्थ मन्त्रालयले स्वास्थ्य संवेदनशीलतालाई विशेष ध्यानमा राखी क्यामरापर्सन र फोटो पत्रकारलाई आवश्यकताअनुसार सो कार्यक्रममा प्रत्यक्ष सहभागी हुनसक्ने बताएको छ। बाँकी जुममार्फत जोडिन सक्नेछन्।

मन्त्रालयले सार्वजनिक गर्ने सामग्री सबैको लागि अर्थ मन्त्रालयको वेबसाइटमा राखिने जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad