कारोबार


चीन, कतार र टर्कीका लागि उडान खुला, सातामा एउटा उडान

चीन, कतार र टर्कीका लागि उडान खुला, सातामा एउटा उडान

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १५:५०,

सरकारले तीनवटा देश चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको भूमिसुधार तथा व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन्।

ती देशहरुमा हप्ताको एक दिन उडान हुने छ।

मन्त्रिपरिषद बैठकले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो।

पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा लगेको थियो।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad