उनले आगामी जुलाई ५ मा राजीनामा दिने बताएका छन्। अमेजनले सुरुवाती दिनमा अनलाईनको माध्यमबाट किताब बेच्न थालेको थियो।
बेजोसले आफूले राजीनामा दिएपछि एन्डी जेसी कम्पनीको सीईओ हुने पनि बताएका छन्। हाल एन्डी कम्पनीमा क्लाइउट कम्प्युटिङ बिजनेस सम्हाल्छन्।
५३ वर्षका उनी हावार्ड बिजनेस स्कुलमा पढाई पुरा गरेपछि सन् १९९७ मा अमेजनमा आवद्ध भएका थिए।
एन्डी जेसी
हाल ५६ वर्षका बेजोस भने अमेजनको सीईओबाट हटेपछि सोही कम्पनीको कार्यकारी अध्यक्ष हुनेछन्। उनले कम्पनीका नयाँ उत्पादन र अभियानहरूमा ध्यान दिनेछन्।
वासिङ्टन पोस्टका अनुसार उनले अन्तरिक्ष अनुसन्धानमा काम गर्ने कम्पनी ब्लु ओरिजिनलाई पनि सँगै अगाडि बढाउनेछन्।

प्रतिक्रिया