कारोबार


महामारीमा निःशुल्क अक्सिजन डेलिभरी सेवा दिँदै उपाय सिटी कार्गो

महामारीमा निःशुल्क अक्सिजन डेलिभरी सेवा दिँदै उपाय सिटी कार्गो

नेपालखबर
जेठ १०, २०७८ सोमबार ७:५६,

कोभिड १९ को बढ्दै गएको संक्रमणले आक्रान्त पारिरहेको बेलामा बिरामीको उपचारमा अक्सिजनको धेरै खपत हुन थालेपछि व्यापक माग बढिरहेको छ।

सो अभावलाई कम गर्न र उपयुक्त सामग्री प्रदान गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न संघ÷संस्थाबाट सहयोग जुट्दै छन्।

यही बढिरहेको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निःशुल्क ढुवानी सेवा दिइरहेको छ।

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसारपोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारिरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निःशुल्क सेवा दिँदै आएका छन्।

upaya city cargo2021b

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीओओ) अमिगो खड्काले भने, ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौँ।’

उपाय सिटी कार्गोको सन्जालमा आबद्ध रहेर अत्यावश्यक सामग्रीहरु ढुवानी गर्दै गरेकामध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ढुवानी सेवा दिइरहेका उनले बताए।

‘हामी प्रार्थना गर्दछौँ कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितिवश अक्सिजन सिलिन्डर ढुवानी गर्नुपर्ने अवस्था आएमा हामी छौँ भनेर जानकारी दिन चाहन्छौँ’, उनले भने।

upaya city cargo2021a

आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सेवा २४ घण्टा नै उपलब्ध छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad