कारोबार


लुम्बिनी प्रदेशले थाल्यो कृषि विकास रणनीतिको तयारी

लुम्बिनी प्रदेशले थाल्यो कृषि विकास रणनीतिको तयारी

नेपालखबर
जेठ १०, २०७८ सोमबार ७:७,

लुम्बिनी प्रदेशबाट प्रदेशस्तरमा कृषि विकास रणनीतिको तयारी गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाइ तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएस एआईडी) अन्तर्गतको किसान– २ परियोजनाको संयुक्त बैठक बसी रणनीति तयार गर्न लागेको हो।

देशमा संघीयता लागू हुनुपूर्व तयार भई कार्यान्वयनमा आएको कृषि क्षेत्रको मूलनीतिको रुपमा रहेको कृषि विकास रणनीति २०१५–३५ मा समावेश भएका विषयहरुलाई प्रदेशस्तरमा त्यस क्षेत्रको सम्भाव्यता र आवश्यकताअनुसार विस्तृतीकरण गर्नको लागि यो तयारी गर्न लागिएको कृषि मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको सामाजिक आर्थिक भौगोलिक जैविक एवं कृषि जैविक विविधता तथा यहाँको सम्भावना र चुनौतीहरुलाई प्राथमिकतामा राखी प्रदेशको लक्ष्य उद्देश्य हासिल गर्न सघाउ पुग्न सहयोग हुने देखी दस्तावेज निर्माणको सुरुवात गरिएको हो।

प्रस्तावित प्रदेशस्तरीय कृषि विकास रणनीतिले समग्र प्रदेशको वर्तमान कृषिको अवस्था सिंहावलोकन गर्ने, तिनै तहका सरकारका नीतिहरुको रिभ्यु गर्ने राष्ट्रिय लक्ष्य र यसलाई परिपूर्तिको लागि आवश्यक पर्ने क्षेत्रगत रणनीति,उद्देश्य, नीति, की माइलस्टोन र आवश्यक आर्थिक र भौतिक स्रोतको रणनीतिक मार्गचित्र प्रस्तुत गर्नेछ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले संविधानबमोजिम तीनै तहका सरकारको अधिकार कार्यान्वयन तथा संघ र स्थानीय तहका नीति कार्यक्रम, ऐन तथा प्राथमिकताहरुलाई सहजीकरण गर्न यो रणनीतिले महत्वपूर्ण भूमिका राख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad