आइतबार १ सय ६५ जनाले सगरमाथा आरोहण गरेका छन्।
पर्यटन विभाककी निर्देशक मिरा आचार्यले आज १६५ जनाले सगरमाथा आरोहण गरेको जानकारी दिएकी छिन्।
मिरा आचार्यले हिमालयन गाइडले ३०, बेउलले २२, साटोरी ७, पाइनोरबाट १४, ह्याप्पी फिटबाट ३, समिट क्लबबाट १५, ग्लासियर हिमालयबाट ११, हिमालय एसेन्टबाट ११, ट्याग नेपालबाट ३ र सेमेन समिट एजेन्सीमार्फत ३ जनाले आइतबार सगरमाथा आरोहण गरेको जानकारी दिइन्।
त्यसबाहेक ड्रिमर डेस्टिनेसनबाट ३, कैटुबाट १९ र स्नो होरिजनबाट १२ जनाले आरोहण गरेको विभागले जनाएको छ।
उनले यसमा अझै थप हुनसक्ने समेत बताइन्।
यसअघि नै १५० बढीले सगरमाथा आरोहण गरिसकेका छन्। बीचमा मौसम खराबीको कारण केही दिन रोकिए पनि पुनः आरोहण सुरु भएको हो।
मे महिनाभरि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएकाले आरोहण पूरा गरिसक्नेछन्।
पर्यटन विभागले सगरमाथा आरोहणका लागि ४ सय ८ जनालाई आरोहण अनुमति दिएको थियो।

प्रतिक्रिया