कारोबार


स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स, आफ्ना नागरिक बोकेर फर्किँदै

स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स, आफ्ना नागरिक बोकेर फर्किँदै

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ६:३१,

स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ।

आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुगेको हो।

स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट नेपाल पठाइएको छ।

स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दै छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन्।

बिहीबार आइबेरियन एयरलान्सबाहेक ४ वटा कार्गो उडान रहेको छ। नेपाल एयरलाइन्सले चीनको सेन्जेनबाट र हिमालय एयरलान्सले कुनमिङबाट कार्गो लिएर आइपुगेका छन्।

हिमालय एयरलाइन्सका दुई जहाज चीनको कुनमिङमा कार्गो लिन बिहीबार राति त्यसतर्फ जाने त्रिभुवन विमानस्थलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad