ad ad

कारोबार


२८ सय अंकनजिक पुगेको सेयरबजारमा कीर्तिमानी कारोबार

२८ सय अंकनजिक पुगेको सेयरबजारमा कीर्तिमानी कारोबार

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:१९,

सेयरबजारमा आज उछाल आएको छ।

बजार परिसूचक नेप्से ३४.६८ अंकले बढेर २७ सय ९३ दशमलव ८९ विन्दुमा पुग्दा सेन्सिटिभ सूचक पनि मंगलबार ४.६४ अंकले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय १५ कम्पनीको कुल ११ अर्ब ३५ करोड ९३ लाखको कारोबार भएको छ।

यो हालसम्मकै उच्च कारोबार रकम हो। यसअघि ०७७ माघ २६ गते सेयरबजारमा १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसअघि सोही अघिल्लो दिन १० अर्ब ४४ करोडको कारोबार भएको थियो।

आज दिनभरिमा एक लाख १५ हजार ९ सय ६१ पटकको खरिदबिक्रीमा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

कुल १३ समूहमध्ये आज उत्पादनबाहेक सबैको सूचक हरियो छ। सबैभन्दा बढी होटल र पर्यटन, विकास बैंक र जीवन बीमाको सूचक उच्च अंकले हरियो छ।

आज बजारमा पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोडको सेयर किनबेच भएको छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोडको, अरुण कावेली पावर लिमिटेडको ३१ करोडको, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ३० करोडको र नागरिक लगानी कोषको २७ करोड रुपैयाँको कारोबार भएको छ।

आज झण्डै ३ दर्जन कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीमा बढेको छ। लगानीकर्ताहरुले आज १.०७ प्रतिशत मात्रै गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .