ad ad

कारोबार


मेटलाइफ फाउन्डेसनद्वारा अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई ५० हजार डलर अनुदान सहयोग

मेटलाइफ फाउन्डेसनद्वारा अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई ५० हजार डलर अनुदान सहयोग

नेपालखबर
जेठ ३, २०७८ सोमबार ७:५९,

मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ।

एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

मेटलाइफ फाउन्डेसनको सो अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालहरुमा उच्च वहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ।

उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले आवश्यकताको यस घडीमा सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयासहरु गरिरहेको बताए।

उनले भने, ‘मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ।’

मेटलाइफ फाउण्डेसन सन् १९७६ मा स्थापित भएको होे। स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकी डलर अनुदान तथा साढे ८ करोड अमेरिकी डलर मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ ।

यसको वित्तीय स्वास्थ्य कार्यको पँहुच ४२ देशहरुका १ करोड ३४ लाख भन्दा ज्यादा कम र मध्यम आय भएका व्यक्तिहरुमाझ रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .