कारोबार


नबिल बैंकको वेबसाइट मार्फत ‘नबिल आईकार्ड’को लागि निवेदन दिन पाइने

नबिल बैंकको वेबसाइट मार्फत ‘नबिल आईकार्ड’को लागि निवेदन दिन पाइने

नेपालखबर
जेठ २, २०७८ आइतबार १३:५०,

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ।

यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आफैँ बैंकको वेबसाइटमा ‘नबिल आईकार्ड’ सेक्सनमा (क्लिक गर्नुहोस्) गइ ‘नबिल आईकार्ड’ विकल्प छानि नबिल आईकार्डको लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन्।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य एवम् सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .