कतार एयरवेजले चार्टर्ड उडानमार्फत अमेरिकी नागरिक लैजाने भएको छ।
नेपालस्थित अमेरिकी दूतावासको आग्रहमा कतार एयरवेजले काठमाडौं–दोहा उडान गर्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दूतावासको आग्रहमा अमेरिकी नागरिकको लागि जहाज चार्टर्ड हुनलागेको हो।
‘अमेरिकी राजदूतावासले आफ्ना नागरिक तथा दूतावासका कर्मचारीलाई स्वदेश फिर्ता लैजान जहाज चार्टर्ड गरेको हो’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रले भने, ‘आइतबार साँझ उडान हुँदै छ।’
प्राधिकरणअनुसार पौने ९ बजे आउने कतार एयरलाइन्स राति १० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गर्नेछ।

प्रतिक्रिया