ad ad

कारोबार


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १३:४०,

‘सेल्फ बैंकिङ’को अवधारणा अनुरुप एन आईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ।

यो सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एिशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्।

ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ।

यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .